२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

१९ मंसिर, काठमाडाैं। मुक्तिनाथ कृषि कम्पनीले सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। यस सम्बन्धि सम्झौतामा मंगलबार मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशी र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक तुलसी राम ढकालले हस्ताक्षर गरेका छन् ।

योसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटलले गर्ने छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १७:१०