मंगलबार माउन्टेन इनर्जीसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
१९ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १०.१० अकंले घटेर १८३७.७१ बिन्दुमा बन्द भएको छ । मंगलबार २९२ कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार रुपैयाँको कारोबार भएकोछ ।
आज सेयर बजारमा गिरावट आउँदा माउन्टेन इनर्जी नेपाल लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ३६ करोड २९ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्सको ८ करोड १८ लाख २६ हजार, एनआरएन एन्फ्रास्ट्रक्चर बैंकको ५ करोड ७८ लाख ४९ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ५ करोड ४१ लाख ६८ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड १६ लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १५:२८