२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

शौर्य सिमेन्ट उद्योगले शुरू गर्यो भारततर्फ निर्यात

१९ मंसिर, काठमाडाैं। शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात शुरु गरेको छ । उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रम अन्तर्गत शनिबारदेखि क्लिङ्कर औपचारिक कार्यक्रमका बीच कम्पनीका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटेर निर्यात शुरु गरेका हुन् ।

उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरिय चुनढुङगा समिश्रण रहेकाले भारतमा रहेका सिमेन्ट उद्योगमा सफल परिक्षणबाट स्विकृति भई निर्यात गर्न सफल भएको छ ।

उद्योगले माघ २०७८ बाट व्यवसायिक उत्पादन सुरुवात गरको यस उद्योगको क्षमता ३ हजार मेट्रिक टन क्षमता छ । व्यवसायिक घराना शंकर ग्रूप, गोल्छा ग्रूप तथा अम्बे ग्रूपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित उक्त उद्योगले ओपीसी (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलवार १३:५०