१० माघ २०८१, बिहीबार | Thu Jan 23 2025

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बाँडफाँड मिति तय,सेयर पाउन भाग्यकै भर !

१८ मंसिर, काठमाडौं। नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ मंसिर २० गते बुधबार बाँडफाँड हुने भएको छ । सम्पूर्ण प्रक्रिया सकेर बुधबार आईपीओ बाँडफाँड गर्ने तालिका तय भएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ५७ हजार ७५६ जना आवेदकले १ करोड ३६ लाख ४३ हजार ३९० कित्ताका लागि आवेदन दिएका हुन्। जुन माग भन्दा ११.९५ गुणा बढी आवेदन हो।

नेपाल वेयरहाउजिङको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख ६४ हजार १२५ जनाले मात्र १० कित्ता सेयर हात पार्नेछन् । बाँकी ११ लाख ४३ हजार ६३१ जनाको भने हात खाली हुनेछ । कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड छ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार ०९:२६