मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउने कति ?
१७ मंसिर, काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड मिति तय भएको छ । कम्पनीको आईपीओ मंसिर १९ गते मंगलबार बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले जनाएको छ ।
कम्पनीको आईपीओ अन्तिम दिनसम्म १३ लाख २४ हजार ३६७ जनाले १ करोड ४३ लाख ४२ हजार ६२० कित्ता सेयरका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १२.४९ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा १ लाख १४ हजार ८०० जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । बाँकी १२ लाख ९ हजार ५६७ जनाको हात भने खालि हुने छ ।
कम्पनीले मंसिर ८ गतेदेखि मंसिर १२ गतेसम्म सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।
प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १४:४९