१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

७ लघुवित्त कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

१७ मंसिर, काठमाडौं। लघुवित्त कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेको छन् । लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीका लागि वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ५५ वटा लघुवित्त कम्पनीहरुमध्ये हालसम्ममा सात कम्पनीले लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्ने कम्पनीहरूमा फर्स्ट माइक्रोफाइनान्स, स्वावलम्बन लघुवित्त, एनआईसी एशिया लघुवित्त, युनिक नेपाल लघुवित्त, धौलागिरी लघुवित्त, सपोर्ट लघुवित्त र आरएसडिसी लघुवित्त वित्तीय संस्था रहेका छन् । हालसम्म लाभांश घोषणा गरेका कम्पनीहरूमा पनि युनिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश ( कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश  दिने घोषणा गरेको छ । त्यस्तैगरी,  स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १२.३५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आरएसडिसी लघुवित्तले ८.६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै, सर्पोट लघुवित्तले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै, फर्स्ट माइक्रोफाइनान्सले गत वर्षको मुनाफाबाट सेयरधनीका लागि ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद गरी कुल  १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने एनआईसी एशिया लघुवित्तले पनि सेयरधनीका लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार १३:०६