६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख २० हजार नाघ्यो

१७ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको हो । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य प्रतितोला १८०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँ रतेजावी सुन प्रतितोला १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आईतवार ११:१२