६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

१५ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने बढेको छ ।आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो । यो दिन अन्तरराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस २ हजार ४० डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार ११:१८