१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

अध्यक्षमा हारेपछि केपी ओलीको शरणमा पुगेका कमल थापा फेरि राजेन्द्रको शरणमा

९ पुस, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शरणमा पुगेर सूर्य चिन्हबाट चुनाव समेत लड्नुभएको राप्रपा नेपालका अध्यक्ष कमल थापा पुनः लिङ्देनको शरणमा पुग्नुभएको छ।

उहाँले राप्रपामा आफूलाई विलय गराउने सहमति गर्नुभएको छ भने पुस १६ मा पार्टीको एकीकरण सभा गर्ने निर्णय गर्नुभएको छ । पार्टी एकताको सहमतिमा लिङ्देन र थापाले हस्ताक्षर गर्नुभएको छ ।

२०७८ को मंसिरमा दुई सय मतान्तरमा राप्रपा अध्यक्षमा लिङ्देनसँग पराजित भएपछि ज्ञानेन्द्र शाहले पराजित गराएको भन्दै थापा एमाले अध्यक्ष ओलीको शरणमा पुग्नुभएको थियो ।

प्रकाशित मिति : December 24, 2025 at 7:27 pm