११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

१४ मंसिर, काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ।  कम्पनीको गत मंसिर १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले जलविद्युत आयोजनामा लगानी गर्न चुक्तापूँजीको १ : १ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

नियमनकारी निकायबाट स्वीकृती प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि हकप्रद सेयर निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : November 30, 2023 at 11:01 am