१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

राष्ट्रिय सभाका अध्यक्षको सम्मानमा अष्ट्रेलियामा ओएनएफको रात्री भोज

अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च(ओएनएफ) अष्ट्रेलियाले अष्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको भ्रमण टोलीको सम्मान सिड्नीमा रात्री भोजको आयोजना गरेको छ ।

सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकको विकासमा प्रवासी नेपालीहरुको महत्वपुर्ण भुमिका रहेकाले देशमा आर्थिक लगानी भित्राउन अनुरोध गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, बागमती प्रदेश सभाका उपसभामुख अपसरा चापागाईं खत्री, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति उपाध्यक्ष रमेश पाण्डे, एनआरएनएका अन्तराष्ट्रिय उपाध्यक्ष डा विनोद श्रेष्ठ, ओएनएफ अन्तर्राष्ट्रिय समितिको सल्लाहकार भवानी ओली, एनआरएन आईसीसी सचिव ज्ञानेन्द्र रेग्मी, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एन्जा अध्यक्ष चिरञ्जेवी देवकोटा, पुर्व अध्यक्ष हेमन्त काफ्ले, जन सम्पर्क समिति रोहित खड्का सहितका वक्ताहरुले सम्वोधन गरेका थिए ।

मञ्चका अष्ट्रेलिया अध्यक्ष केशव जोशीको अध्यक्षता र सचिव प्रकाश पन्थीले संचालन गरेको कार्यक्रममा सचिवालय सदस्य नरविर नेम्वाङ्गले स्वागत मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : November 29, 2023 at 2:58 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/