६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

सुनको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको एक लाख १९ हजार नाघ्यो

१३ मंसिर, काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज तेस्रो दिन पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

सोमबार र मंगलबार पनि सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो। यस्तै, बुधबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ। नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदी मूल्य तोलाको २० रुपैयाँले बढेर १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार १२:११