३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026

नेप्सेको सिस्टममा समस्या, अझै खुलेन सेयर कारोबार

१३ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सिस्टममा समस्या देखिएको छ । नेप्सेको सिस्टममा समस्या देखिँदा बुधबार ११ बजेपछि पनि शेयर कारोबार खुलेको छैन्।

बुधबार प्रिओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको थियो। समस्या समाधान नहुँदा नियमित कारोबार समेत खुलेको छैन भने लगानीकर्ता कारोबार गर्नबाट बञ्चित भएका छन्। नेप्सेले यस बारे सूचना प्रकाशित गर्दै प्राविधिक गडबडीका कारण केहि समय बजार प्रभावित भएको जनाएको छ ।

‘प्राविधिक समस्याका कारण आज मिति २०८०।०८।१३ गते प्रारम्भिक सत्रको कारोबार हुन सकेन । नेप्सेको प्राविधिक समूह नियमित सत्र सञ्चालनका लागि प्रयासरत रहेको जानकारी गराउँदै यसबाट पर्न गएको असुविधाका लागि नेप्से क्षमाप्रार्थी छ।’ नेप्सेले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : November 29, 2023 at 11:37 am