२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

माछापुच्छ्रे बैंकले ल्यायो नेपालमा पहिलो पटक ध्वनीबाट भुक्तानीको दिने सूचना प्रविधि

१२ मंसिर, काठमाडाैं। माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ । नेपालभरक फिनपीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सूचना दिने गरी कम्पनीले यो नविनतम प्रविधिको सुरुवात गरेको हो ।

कम्पनीले अबदेखि माछापुच्छ्रे बैंकका फिनपीओएस मर्चेन्टहरुले कार्ड, क्यूआर र एम स्मार्ट एनएफसीमार्फत् भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनीमार्फत् हुने बताएको छ ।

सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबारप्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको भन्दै कम्पनीले यसबाट भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बताएको छ ।

यस सुविधाबाट माछापुच्छ्रे बैंकका १ हजारभन्दा बढी फिनपोस वा पोस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखि उक्त सेवा जडान गर्न सकिने पनि कम्पनीले बताएको छ ।

यस बाहेक फरक- फरक माध्यमहरु मार्फत् डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन सधैं तत्पर रहेको छ ।

कम्पनीले देशका सात वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २०३ एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : November 28, 2023 at 1:28 pm