१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सिटिजन्स बैंकको १८९ औं शाखा टेकुमा सञ्चालन, उपत्यकामा शाखा संख्या ३७ पुग्यो

१२ मंसिर, काठमाडाैं। सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औं शाखा काठमाडाैंकाे टेकुमा सञ्चालनमा ल्याएको छ ।

यो सँगै काठमाडाैं उपत्यका भित्र उक्त कम्पनीको ३७ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । मंगलबार आयोजित एक कार्यक्रमका बीच कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका छन् ।उनले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरीकन काम गर्ने उद्धेष्यमा बैंक रहेको बताए ।

उक्त अवसरमा कम्पनीको सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुकोे उपस्थिति थियो ।

कम्पनीले देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, १४९ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ७५ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदानगर्दै आएको बताएको छ ।

प्रकाशित मिति : November 28, 2023 at 1:25 pm