२५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026

दुःख पछि सुख आउने सिद्धान्त नै फेल भयो (गजल)

–शम्भु गजुरेल ‘अज्ञानी’ 

हासो खोजे जिन्दगी यो आशुको भेल भयो
मुसा बन्यो जीवन यो बिरालाको खेल भयो

शितल खोज्दै पहाड चढे शिखर चै भेटिएन
दुःख पछि सुख आउने सिद्धान्त नै फेल भयो

उमंग का पोका भिर्दै भर मान्दै दौँतरी को
उखुको छोक्रा भइयो बिश्वास मा झेल भयो

आस्था राखे इस्वरमा ममता को आशा बोकि
भगवान् को अ्मृत पनि डडेलामा तेल भयो

पर्खी बसें समयलाइ बिहानि को घाम कुर्दै
पैतालाको जिमि भस्क्यो जुनि तेसै जेल भयो

–बेलकोटगढी नगरपालिका ९, नुवाकोट

साहित्यकार गजुरेललार्इ फेसबुकमा भेट्न सकिन्छ । 

 

प्रकाशित मिति : 08:35