८ कार्तिक २०८१, बिहीबार | Thu Oct 24 2024

ग्लोबल आइएमई बैंकको ३५१ औं शाखा बैतडीको पाटनमा

११ मंसिर, काठमाडाैं। ग्लोबल आइएमई बैंकले बैतडी जिल्लाको पाटन नगरपालिका-६ स्थित पाटनबजारमा आइतबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबीच बैंकको पाटन शाखाको समुद्घाटन गरेका छन् ।नयाँ शाखाको सञ्चालनसँगै कम्पनीको शाखा कार्यालयहरुको संख्या ३५१ पुगेको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

कम्पनीले ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार १२:०३