सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
११ मंसिर, काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको दोस्रो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ९०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदी मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार १०:५९