६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा कति पर्यो आवेदन ? यस्तो छ पछिल्लो अपडेट

१० मंसिर, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । सीडीएसका अनुसार कम्पनीको आईपीओमा  आज साँझ ५ः०७ बजेसम्ममा ७ लाख ५१ हजार ८२९ जना आवेदकबाट ८२ करोड ५० लाख ५८ हजार रुपैयाँ बराबरको ८२ लाख ५० हजार ५८० कित्ताका लागि आवेदन परेको छ । जुन मागभन्दा ७.१८ गुणा बढी  हो ।

कम्पनीले मंसिर ८ गतेदेखि ४२ हजार कित्ता सेयर कर्मचारीहरु र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ७० करोड रुपैयाँको २० प्रतिशतले हुने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये, कम्पनीले पहिलो चरणमा सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ । लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले  सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

प्रकाशित मिति : 17:42