६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

मगर समाज अष्ट्रेलियाको अध्यक्षमा लुकेश र महासचिवमा विशाल


१० मंसिर, अष्ट्रेलिया । मगर समाज अष्ट्रेलियाको तेह्रौ स्थापना दिवसका अवसर पारेर सन् २०२३ देखि २०२५ सम्मको कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको छ ।  समाजको अध्यक्षमा लुकेश लम्जाली मगर, उपाध्यक्षमा रघु जुगाली मगर, महासचिवमा विशाल रानामगर, सचिवमा योगेन पुन मगर, सहसचिवमा, विजान थाजली मगर र कोषाध्यक्षमा यम बुढाथोकी मगर निर्वाचित भएका छन ।

यस्तै जनसम्पर्क अधिकृतमा गिरू जग्जाली मगर, सांस्कृति सचिवमा फुलु पुन मगर, मिडिया संयोजकमा सूर्य गर्बुजा मगर, खेलकुद संयोजकमा ललित थापा मगर रहेका छन । यस्तै सदस्यहरूमा चल बाछे मगर, अरूण गर्बुजा मगर, रेखा जग्जाली मगर, प्रेम आले मगर, सुजन थापा मगर, तेजेन्द्र थापा मगर, किशोर पुन मगर, प्रजुन थापा मगर, हिक्मत घर्ती मगर, जगत रोनतिजा मगर, गजेन्द्र जग्जाली मगर, रञ्जिता बुढाथोकी मगर रहेका छन ।

यस्तै सल्लाहकारमा राजेन्द्र थापा मगर, नविन राना मगर, अनिल थापा मगर, हरि रम्जाली मगर, उत्तम पुन मगर, मुक्ति रोक्का मगर, गौ पुर्जा मगर, इन्द्र थापा मगर, तोम थापा मगर, नान्सी पुन मगर, नारायन थापा मगर चयन भएका छन । १३ औँ स्थापना दिवसको अध्यक्षता अनिल थापा मगरले गरेका कार्यक्रम सन्चालक रेखा जग्जाली मगरले गरेका थिए ।

नेपाल आदिवासी जनजाती संघ अष्ट्रेलियाका र्शन थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो कार्यक्रममा समाजका पूर्व अध्यक्ष राजन थापा मगर र नविन राना मगर, एनआरएनए पूर्व उपाध्यक्ष  हरि रम्जाली मगर र मगर समाज अष्ट्रेलियाका सल्लाहाकार उत्तम पुन मगर अतिथि रहेका थिए । सो अवसरमा अष्ट्रेलियाको बिभिन्न विश्विद्यालयबाट उच्च शिक्षा हाँसिल गरेका मगर विद्यार्थीलाइ सम्मान समेत गरिएको थियो । समाजले Gough Whitlam Park Tempe मा २० जनवरीमा माघे संक्रान्ती कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लुकेश लम्जाली मगर ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार १६:३२