६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

१० मंसिर, काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार ११:१२