नेप्सेमा नौ विकास ऋणपत्र सूचीकृत
८ मंसिर, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा नेपाल राष्ट्र बैंकले विभिन्न समयमा निष्कासन गरेका नौ विकास ऋणपत्र सूचीकृत भएको छ । शुक्रबार सरकारको तर्फबाट राष्ट्र बैंकद्धारा निष्कासन गरिएको विकास ऋणपत्र सूचीकृत भएको हो ।
नेप्सेमा ६ वर्ष अवधिका २०८६ ‘ज’, २०८६ ‘झ’ , २०८६ ‘ट’, २०८६ ‘ञ’ र २०८६ ‘ठ’ छन्। त्यस्तै ५ वर्ष अवधिको २०८५ ‘ञ’र ८ वर्ष अवधिका २०८८ ‘ग’, २०८८‘ङ’ र २०८८ ‘घ’ सूचीकृत भएका हुन् । सबै ऋणपत्रहरुको वार्षिक ब्याजदर ७ प्रतिशत रहेको छ ।
प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार १२:१३