६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

सुनको मूल्यमा गिरावट, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

८ मंसिर, काठमाडौं । साताको आन्तिम कारोबार दिन शुक्रबार सुनको मूलयमा गिरावट आएको छ । नेपाल सुन चाँदी ब्यावसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदी मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार १०:४७