२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद थप

७ मंसिर, काठमाडाैं । एनआइसी एसिया ग्रोथ फन्ड-२ को इकाईमा आवेदन दिने म्याद थप भएकाे छ । मंसिर ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको  फण्डको इकाईका लागि अब मंसिर १८ गतेसम्म आवेदन दिन सकिनेछ।

सो अवधिभन्दा अगाडि पूर्ण आवेदन परेमा पूर्व सूचना दिई कुनै पनि दिन निष्काशन बन्द गरिने क्यापिटलले जनाएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।

उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

प्रकाशित मिति : November 23, 2023 at 11:41 am