२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

भोलि अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्किन ट्राफिक प्रहरीको आग्रह

६ मंसिर, काठमाडाैं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भाेलि (मंसिर ७ गते) अत्यावश्यक काम परे मात्रै सवारी साधन लिएर निस्किन आग्रह गरेको छ।

युवा संघ नेपालको तिनकुनेमा र दुर्गा प्रसाईँ समूहको बल्खुमा आयोजित भेला कार्यक्रमका कारण काठमाडौं उपत्यकाको सवारी व्यवस्था असहज हुने प्रहरीकाे भनाई छ ।

ट्राफिक प्रहरीले बुधबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले घरबाट निस्किनु अघि ट्राफिक प्रहरीसँग सम्पर्क गरेर सडकको अवस्था जानकारी लिएर निस्किन आग्रह गरेको हो । ‘काठमाडौं उपत्यकाभर सवारी आवगमनमा असहजता सिर्जना हुन सक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कनु हुन र सडकमा निस्किनभन्दा पहिले १०० वा १०३ मा फोन गर्नु हुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन अनुरोध छ,’ सूचनामा भनिएको छ।

भोलि कार्यक्रमको स्वरूप हेरेर सडकमा सवारी जुनसुकै ठाउँमा पनि डाइभर्सन गर्न सक्ने जानकारी ट्राफिक प्रहरी कार्यालयले दिएको छ।

प्रकाशित मिति : November 22, 2023 at 5:11 pm