६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

निरन्तर बढ्दै सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

६ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्त बढेको छ । साताको चौथो कारोबार दिन बुधबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ लाख १६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार किनबेच भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ लाख १६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार ११:३३