२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

छुट्ला है ! दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

६ मंसिर, काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज मंसिर ६ गते बुधबार अन्तिम दिन रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक र आरएसडिसी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। यी दुई कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ भोली मंसिर ७ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । यसकाे अर्थ आजसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीहरुले मात्र यी कम्पनीका साधारण सभामा सहभागि हुन र कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २४ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकालीमा दिउँसो १ बजे ३७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

त्यसैगरी, आरएसडिसी लघुवित्तले मंसिर १५ गते, शुक्रबार, वेष्टर्न एशियन होटल प्रा.लि., बुटवल, कालिकास्थानमा बिहान ९ बजे दशौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : November 22, 2023 at 10:09 am