३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

सेयर बजारमा दोहोरो अकंको गिरावट, कारोबार रकम समेत खुम्चियो

५ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८२९.३५ बिन्दुमा बन्द भएको छ । मंगलबार २८५ कम्पनीको ३६ लाख ७५ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४ लाख ७९ हजार रुपैयाँको कारोबार भएको छ ।

 मंगलबार बैंकिङ समूहको ०.५३ प्रतिशत, विकास बैंक समूहको ०.८८ प्रतिशत, फाइनान्स समूहको १.५७ प्रतिशत, हाइड्रोपावर समूहको १.३९ प्रतिशतसहित १२ समूहको सेयर मूल्य घटेको हो । आज मेन्छियम हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ८.१३ प्रतिशतले बढेर प्रतिकित्ता २३१.४० रुपैयाँ पुगेको छ । आज माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । हिमालयन डिस्ट्रिलरी  लिमिटेडको यस दिन सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १५:२१