१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुर्गा प्रसाईं समूहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकियो


५ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले यही मंसिर ७ गते दुर्गा प्रसाईं समूहले गर्ने प्रदर्शनका लागि कार्यक्रमस्थल बल्खुमा तोकिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले प्रसाईं समूहलाई प्रदर्शनका लागि बल्खु क्षेत्र तोकिएको जानकारी दिए ।

यसअघि प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तिनकुने क्षेत्र तोकिदिएको थियो । प्रसाईं र एमालेनिकटको राष्ट्रिय युवाको कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले माइतीघर-नयाँ बानेश्वरभर रुटलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार १२:५८