२७ मंसिर २०८१, बिहीबार | Thu Dec 12 2024

सेयरधनीको हात खालि बनाउँदै श्वेत गंगा हाइड्रोपावरले बोलायो साधारणसभा

५ मंसिर, काठमाडाैं। श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रकसन लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मंसिर २६ गते काठमाडौँको चण्डोल स्थित कुण्डलिनी दरबार ब्यान्क्वेटमा सभा बाेलाएकाे हाे । सभाले गत आर्थिक बर्षकाे वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले सेयरधनीका लागि गत आर्थिक बर्षकाे लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ मंसिर १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलवार ११:१५