दुई कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?
४ मंसिर, काठमाडौं । आज दुई कम्पनीले लाभांश घोषणा गरेका छन् । आज नेपाल एसबिआई बैंक र सोल्टी होटेलले लाभांश घोषणा गरेका हुन् ।
नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट ३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.८० प्रतिशत नगद लाभांश गरी कुल १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने भएको छ । त्यस्तै, सोल्टी होटेलले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २६.५७८९४७३७ प्रतिशत नगद लाभांश गरि कुल ३१।५७८९४७३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यी दुबै कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।
प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १६:२२