१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

टिकटक प्रतिबन्धसम्बधी रिटमा आज सुनुवाइ नहुने


४ मंसिर, काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो ।

तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको हाे । गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सरकारको यो निर्णय बदरको माग गर्दै कानुन व्यवसायी र सरोकारवालाले गत शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए । ती रिटमाथिको सुनुवाइ सोमबारका लागि तोकिएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १३:४५