२४ माघ २०८१, बिहीबार | Thu Feb 6 2025

भिजन लुम्बिनीको आईपीओ बाँडफाँड भोलि, सेयर पाउने कति ?

४ मंसिर, काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ भोलि मंसिर ५ गते मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओ मंगलबार बाँडफाँड हुने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीको आईपीओमा ११ लाख ९४ हजार ८२० जना आवेदकहरुले १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् ।  यो मागभन्दा ६.५४ गुणा बढी आवेदन हो ।

माग भन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ७ हजार ५२८ जनाले १० कित्ताका दरले सेयर हात पार्नेछन् । सोहि मध्येका पाँच जनाले भने थप १ कित्ता गरी ११ कित्ता सेयर पाउनेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ११:३८