२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

कतिमा भयो माथिल्लो मैलुङ खोलाको पहिलो कारोबार ?

४ मंसिर, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको पहिलो कारोबार भएको छ । सोमबार स्पेशल  प्रि-ओपन सेसनमा कम्पनीको  पहिलो कारोबार सुरु भएको हो ।

कम्पनीको प्रतिसेयर २८८.४० रुपैयाँमा पहिलो कारोबार भएको छ । कम्पनीको सेयर एमएमकेजेएल स्टक संकेतमा कारोबार सुरु भएको हो।गत कात्तिक २३ गते कम्पनीको १ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९६.१४ रुपैयाँदेखि २८८.४२ रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जभित्र रहेर कम्पनीको कारोबार खुलेको हो ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार ११:०७