भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउन भाग्यकै भर !
१ मंसिर, काठमाडाैं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ मंसिर ५ गते मंगलबार बाँडफाँड हुने भएको छ। कम्पनीले कात्तिक १६ गतेदेखि कात्तिक २० गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओ मंगलबार बाँडफाँड गर्ने तयारी रहेकाे निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएकाे छ ।
कम्पनीले स्थानीयलाई सेयर निष्कासन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९१० कित्ता थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गरेकाे थियो। सीडीएस एन्ड क्लियरिङका अनुसार अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा ११ लाख ९४ हजार ८२० जना आवेदकले १ अर्ब ३५ करोड ७६ लाख १६ हजार रुपैयाँ बराबरको १ करोड ३५ लाख ७६ हजार १६० कित्ताका लागि आवेदन दिएका छन्। जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ६.५४ गुणा बढी हो । कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण सेयर पाउन भाग्यमानै भर पर्नुपर्ने देखिन्छ ।
प्रकाशित मिति : 15:02









