६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

तिहारपछिको पहिलो कारोबार दिन उच्च अंकले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१ मंसिर, काठमाडौं।  तिहारपछिको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य बढेको छ । मंसिर लागेसँगै विवाहको सिजन पनि सुरु हुँदा सुनको मूल्य बढेको हो ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघ शुक्रबार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले बढेर यो दिन छापावाला सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ । तिहारअघि भने छापावाला सुन प्रतितोला १ लाख १३ हजार २०० रुपैयाँ र तेजावी सुन १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले बढेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । कात्तिकमा चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार १३:२५