४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एनआरएनए अष्ट्रेलियाले वाड्यो राहत


३० कार्तिक, काठमाडाैँ । गत कार्तिक १७ मा जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले राहत वितरण गरेको छ। एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलियाका संयोजक संजय पुरी नेतृत्वको टोलीले भूकम्प पीडितहरूलाई राहत सामाग्री वितरण गरेको छ ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष संजय पुरीले सानीभेरी गाउँपालिका वडा नं ४ का अध्यक्ष मनोज वली सहित स्थानीय अगुवाहरूको उपस्थितिमा पुरी सहितको टिमले राहत वितरण गरेको थियो।

राहत कार्यक्रममा बोल्दै उपाध्यक्ष पुरीले अष्ट्रेलियामा बस्ने नेपाली दाजुभाई दिदीबहिनीको गाँस काटेर संकलन भएको सहयोग प्रत्यक्ष भूकम्पपीडितलाई वितरण गर्न पाउँदा खुसी लागेको बताए । उनले यस विपतको घडीमा पीडितको घाउमा थोरै भए पनि मलम लगाउने एनआरएनए अष्ट्रेलियाको प्रयास सफल भएको बताए।

उनले एनआरएनए अष्ट्रेलियाले प्रभावितका लागि थप रकम संकलन गरिरहेको जानकारी दिए। उक्त संकलित रकम भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणमा खर्च गरिने समेत बताए ।

साथै सोही अवसरमा एनआरएनए साउथ अष्ट्रेलियाका युवा संयोजक सरोज बमको नेतृत्वमा रेजिज एजकियर एडिलेडमा कार्यरत नेपालीहरूले जम्मा जम्मा गरेर पठाएको ४७ हजार ९०२ रुपैयाँको राहत सामाग्री पनि भूकम्प प्रभावितलाई हस्तान्तरण गरिएको थियो।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार १०:०७