१८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026

सोल्टी होटलको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

२७ कात्तिक, काठमाडाैं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलाे त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सोल्टीले १० करोड २३ लाख ४२ हजार नाफा आर्जन गरेको छ। जुन गत बर्षकाे सोही अवधिको तुलनामा ८.६२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा सोल्टी होटलले ११ करोड २० लाख रुपैयाँ ६ हजार नाफा आर्जन कमाएकाे थियो ।

असोज मसान्तसम्म सोल्टी होटलको कुल आम्दानी पनि ३.८४ प्रतिशतले घटेर ३९ करोड ९६ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष होटलले ४१ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको थियाे । होटलको कुल खर्च पनि २.१६ प्रतिशतले घटेर २८ करोड १ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा होटलको कुल खर्च २८ करोड ६३ लाख रुपैयाँ थियो।

८८ करोड ४७ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ३२ करोड ४० लाख ३९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ १६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४ रुपैयाँ ९७ पैसा रहेको छ । पीई रेसियो ३३९.७४ गुणा रहेको छ ।

प्रकाशित मिति : November 13, 2023 at 1:06 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/