६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026

एनएमबि डेबिट कार्डबाट कारोबार गर्दा २०० रुपैयाँ क्यासब्याक पाइने

२४ कात्तिक, काठमाडौं । एनएमबि बैंकले डेबिट कार्ड प्रयोग गर्ने ग्राहकका लागि आकर्षक क्यासब्याक अफर ल्याएको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुको लागि तुरुन्त २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने अफर ल्याएको हो ।

तिहारमा विद्युतीय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म, बैंकको डेबिट कार्ड प्रयोग गरी पिओएस वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ। क्यासब्याक प्राप्त गर्न एक पटकमा एक हजार रुपैयाँको न्यूनतम भुक्तानी गर्नु पर्नेछ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति : 14:09