८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

चिलिमे हाइड्रोपावरको विद्युत बिक्री आम्दानी घट्यो, प्रतिसेयर आम्दानी कति ?

२४ कात्तिक, काठमाडाैं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। समिक्षा अवधिमा कम्पनीले विद्युत बिक्री मार्फत ३४ करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत अार्थिक वर्षको सोही अवधिको तुलनामा ३.६६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३५ करोड ५८ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २० करोड ८७ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ०.४२ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले २० करोड ७८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नाफा बढेपनि कम्पनीको प्रतिसेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८१ पैसा घटेर ११ रुपैयाँ ५० पैसामा सीमित भएको छ। कम्पनीकाे प्रतिसेयर नेटवर्थ भने १४८ रुपैयाँ ३४ पैसा रहेकाे छ भने मूल्य आम्दानी अनुपात ४१.०४ गुणा रहेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा कम्पनीको रिटेन्ट अर्निङ्ग भने ३.२७ प्रतिशत घटेर ३ अर्ब ५० करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।

प्रकाशित मिति : November 10, 2023 at 11:56 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/