१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026

नेप्सेमा एक कम्पनीकाे आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

२३ कात्तिक, काठमाडौँ । माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १ करोड कित्ता आइपीओ सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरु (वैदेशीक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दहरु र कर्मचारी समेत) मा वितरण गरिएको ३० लाख र संस्थापक सेयरधनीहरुले लगानी गरेका ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९६ रुपैयाँ १४ पैसा देखि २८८ रुपेयाँ ४२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको सेयर एमएमकेजेएल स्टक टिकरमा कारोबार हुनेछ।

प्रकाशित मिति : November 9, 2023 at 2:01 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/