१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

चितवन राप्तीका रमेशबाबु त्रिपाठीको दुर्घटनामा मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अबरूद्ध

२४ कात्तिक, काठमाडाैँ । चितवन राप्तीका रमेशबाबु त्रिपाठीको दुर्घटनामा मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अबरूद्ध भएको छ । राप्ती नगरपालिका ९ हर्दीमा नम्बर नखुलेको सवारीले विहान ३ बजेतिर ना ४० प ७०२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रमेशबाबुको मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।

घटनाको विरोधमा स्थानीयबासीले शनिबार विहानदैखि राजमार्ग अवरुद्ध पारेका छन् । पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुँदा तिहार सकेर काठमाडौं फर्किँदै गरेका यात्रुहरु बाटैमा रोकिएका छन् । राजमार्ग अबरूद्ध भएपछि सयौं सवारी साधन बीच बाटैमा रोकिएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७५, शनिबार १०:०८