२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

नागरिक लगानी कोषको नाफा बढ्यो, कस्ता छन् अन्य सूचक ?

२१ कात्तिक, काठमाडाैं । नागरिक लगानी कोष (सीआईटी)ले आर्थिक वर्ष २०७०/८१को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कोषको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

पहिलाे त्रैमासमा कम्पनीले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १३.८२ प्रतिशतले बढी हो। अघिल्लो वर्षकाे यही अवधिसम्म सीआईटीले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा सीआईटीको ब्याज आम्दानी २३.०३ प्रतिशतले बढेर १२ करोड ४४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिमा ब्याज आम्दानी १० करोड १२ लाख रुपैयाँमा सीमित थियो।

सीआईटीको सेवा शुल्क तथा कमिसन आम्दानी पनि १२.१० प्रतिशतले बढेर ३२ करोड ९५ लाख १ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सीआईटीको सेवा शुल्क तथा कमिसन आम्दानी २९ करोड ३९ लाख रुपैयाँ थियो। नागरिक लगानी कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषको आकार २३ अर्ब ३८ करोड ४३ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

सीआईटीको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १९ रुपैयाँ ९४ पैसा पुगेकाे छ ।  अघिल्लो वर्ष कम्पनीकाे ईपीएस २१ रुपैयाँ ९० पैसा थियो।कोषको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९३.५३ गुणा रहेको छ।

प्रकाशित मिति : November 7, 2023 at 12:02 pm