१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

उन्नति सहकार्य लघुवित्तको एफपीओ बिक्री खुला, प्रतिकित्ता कति ?

२१ कात्तिक, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आज कात्तिक २१ गतेदेखि एफपीओ बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१.१८ कित्ता एफपीओ निष्कासन गरेको हो। लगानीकर्ताले एफपीओ न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

साबिकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पुँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको छ। उक्त पुँजी संरचनालाई विद्यमान ऐनअनुसार सर्वसाधारणतर्फ ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ निष्कासन गरेको हो। कम्पनीको एफपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : November 7, 2023 at 10:02 am