६ आश्विन २०८१, आईतवार | Mon Sep 23 2024

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

२० कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १५ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ८५० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबारको दिन आइतबार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख १५ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार १०:५५