२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

छुट्ला है ! एक बैंकको ४.२१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२० कात्तिक, काठमाडौं ।  सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक २० गते सोमबार अन्तिम दिन रहेको छ। बैंकले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ भोलि कात्तिक २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भइ  कायम सेयरधनीहरुले मात्रै यो बैंकको लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

कम्पनीले आफ्नो २२ औँ वार्षिक साधारणसभा मंसिर ५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ। साथै, सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : November 6, 2023 at 9:45 am