१९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026

भूकम्पपीडितलाई आइएमई ग्रुपले १ करोड ५० लाख सहयाेग गर्ने

१९ कात्तिक, काठमाडौँ । ग्लोबल आइएमई बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवर्दित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत भूकम्पपीडितका लागि रु एक करोड ५० लाख नगद सहयोग प्रदान गरिने भएको छ ।
जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने समूहले आज एक प्रेस विज्ञप्ति निकालेर जनाएको छ  ।

प्रकाशित मिति : November 5, 2023 at 8:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/