समृद्धि फाइनान्सको पुतलीसडक शाखाद्धारा सरसफाई कार्यक्रम सम्पन्न
१९ कात्तिक, काठमाडाैं । समृद्धि फाइनानसले आइतबार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडाैं शाखाबाट काठमाडाैंकाे नक्सालस्थित नागपोखरी परिसरमा सरसफाइ कार्यक्रम गरेको छ।
कार्यक्रममा समृद्धि फाइनान्सले मन्दिर व्यवस्थापन समितिलाई ४ वटा डस्ट्बिन, झाडु तथा डस्ट्प्यान उपलब्ध गराएको छ। यसका साथै समृद्धि फाइनान्सले कात्तिक १९ देखि २५ गतेसम्म २२ औँ वार्षिकोत्सव हप्ता मनाइरहेको छ।
यो हप्ता समृद्धि फाइनान्सले आफ्ना शाखाहरुबाट विभिन्न सामाजिक तथा स्वास्थ्य सचेतनामूलक कार्यक्र गर्ने जानकारी गराएको छ। कात्तिक २२ गते जनकपुर शाखाबाट सरसफाइ कार्यक्रम र कात्तिक २४ गते पुतलीसडक शाखाबाट साइकल र्याली गर्ने जानकारी गराएको छ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
प्रकाशित मिति : 16:47









