२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

भर्खरै आईपीओ निष्कासन गरेको माण्डू हाईड्रोपावरले घोषणा गर्यो लाभांश

१७ कात्तिक, काठमाडौं । केहि महिना अघि मात्र आईपीओ निष्कासन गरेको माण्डू हाईड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको गत कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट चुक्तापूँजीको करप्रयोजसहित १० प्रतिशत अर्थात् १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यसैगरी, कम्पनीले मंसिर ८ गते १२ औं वार्षिक साधारणसभा पनि बोलाएको छ । सभा काठमाडौंको ठमेलमा बिहान ११ बजे बस्नेछ । सभाले गत आवको आयव्यय विवरण, वार्षिक प्रतिवेदन तथा वासलात,लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने छ। यसैगरी सभाले सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन तथा संस्थापकतर्फ सञ्चालक नियुक्ति अनुमोदन गर्ने छ।

कम्पनीले लाभांश वितरण प्रयोजनका लागि मंसिर ४ गते बुक क्लोज हुनेछ । यसकाे अर्थ मंसिर ३ गतेसम्म कायम रहने सेयरधनीहरू मात्र सभामा सहभागि हुन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : 10:05