२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

कृषि विकास बैंक घाटामा, वितरणयोग्य मुनाफा ४३ करोड ४७ लाख

१७ कात्तिक, काठमाडाैं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा बैंकले ८८ करोड ८० लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा २२ करोड ९ लाख रुपैयाँ थियो।

याे अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४७ लाख रहेको छ। समीक्षा अवधिमा बैंककाे खुद ब्याज आम्दानी १२.१८ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ  पुगेकाे छ । अघिल्लो वर्षकाे यही अवधिमा बैंककाे खुद ब्याज आम्दानी १ अर्ब ८३ करोड रुपैयाँ थियो।

चुक्तापुँजी १८ अर्ब ८८ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ४.४८ प्रतिशतले बढेर १३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। याे अवधिमा बैंकले २ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २८.८३ रुपैयाँले ऋणात्मक बनेको छ। बैंकको प्रतिसेयर नेटवर्थ २०६.१७ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : November 3, 2023 at 9:20 am